राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गर्दै पोखरामा पुत्लामा जुत्ताको माला !

राष्ट्रपति र प्रधानमन्त्रीको कदमको विरोध गर्दै पोखरामा पुत्लामा जुत्ताको माला !

पोखरा, ८ जेठ/ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर सहितको पुत्ला बनाएर चप्पल र जुत्ताको माला लगाई सार्वजनिक ठाउँमा विरोध प्रर्दशन गरिएको छ ।

मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गर्दै चुनावको घोषणा गरेपछि विरोध गरेका हुन् ।

पोखरा वडा नम्बर ७ मा रहेको पुष्पलाल स्मृति पार्कको मुख्य गेटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला बनाई तस्विर समेत राखेर यसरी विरोध प्रर्दशन गरिएको थियो । पछि प्रहरी आएर पुत्ला लगेको थियो ।

Editor: