बहिनी एजुकेयर फाउण्डेशनद्वारा पोखरा २३ मा राहत वितरण

बहिनी एजुकेयर फाउण्डेशनद्वारा पोखरा २३ मा राहत वितरण

पोखरा, २५ जेठ/ पोखरा महानगरपालिका–२३ मा १०० जनालाई राहत वितरण गरिएको छ । पत्रकार भानु पराजुलीका पहलमा बहिनी एजुकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ज्याला मजदूरी गरेर दैनिक गुजारा चलाउनेको जीवन कष्टकर बन्दै गएपछि उनीहरुका लागि राहत वितरण गएिको फाउण्डेशनका निर्देशक सुरेन्द्र परियारले जानकारी दिए ।

उनका अनुसार २५ केजी चामल, पाँच केजी दालसहित मास्क र साबुन गरी उक्त वडाका १०० लाई राहत सामग्री वितरण गरिएको हो ।

राहत वितरण गर्दै उक्त वडाध्यक्ष विष्णुप्रसाद पराजुलीले कोरोना महामारीले विपन्न परिवारलाई झनै समस्यामा पारेका जनाउँदै फाउण्डेशनले सहयोगले विपन्न परिवारलाई राहत मिलेको बताए । उनले फाउण्डेशनलाई धन्यवाद दिँदै कठिन वस्थामा हुनेले नहुनेलाई दिएर मानवीय कर्तब्य पूरा गर्न आग्रह गरे ।

सिद्ध बराह माविका अध्यक्ष उपेन्द्र पराजुली तथा शिक्षक प्रेम पराजुली सहितको सहयोगमा वितरण गरिएको राहतमा छुटेका परिवारको पहिचान गरेर थप राहत वितरण गरिने फाउण्डेशनका निर्देशक परियारले जानकारी दिए ।

Editor: