बतासमाथि ज्यादती भयो, क्षतिपूर्ति देऊः पोखरा उद्योग वाणिज्य संघ

आनन्द राज बतास

पोखरा, २८ पुष/ पोखरा उद्योग वाणिज्य संघले विवादित व्यवसायिक समूह बतास अर्गनाइजेसन माथि कारबाही नगर्न विज्ञप्ती जारी गर्दै चेतावनी दिएको छ ।

संघका महासचिव सुरेन्द्रमान बिजुक्छेले बुधबार जारी गरेको विज्ञप्तिमा बतास समूहले राज्यप्रदत्त अधिकारभित्र रहेर व्यवसाय चलाएको दाबी गर्दै सरकारी रवैया गलत भएको उल्लेख गरिएको छ ।

संघले नारायणहिटी राजदरबारमा बतास समूहले बनाउँदै गरेको संरचना सरकारले प्रक्रिया नपु¥याई भत्काएको बताएको छ ।
कानुन र सम्झौतामा उल्लेख गरिएअनुसार नै अघि बढ्नुपर्नेमा जोड दिँदै विज्ञप्तिमा सम्झौता तोड्दा दुबै पक्षले सर्तहरू मान्नुपर्ने पनि बताइएको छ ।

‘सञ्चार माध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टीकरणको मौकासमेत नदिई माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरू पनि स्पष्ट रूपले किटान गरिएकै हुन्छ। ती प्रावधान लत्याउने अधिकार दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं।’

नारायणहिटीमा व्यवसायीको सम्पत्तिमाथि नोक्सानी पु¥याएको भन्दै संघले त्यसको क्षतिपूर्ति दिनसमेत माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ ।’

पोखरा उद्योग वाणिज्य संघले होटल आनन्दका सञ्चालक आनन्दराज बतास तथा बतास ब्रदर्स आफ्नो सदस्य भएको प्रष्ट पार्दै बतासले राज्यले दिएको अधिकार क्षेत्रभित्र रहेर नै नारायणहिटीमा रेष्टुराँ चलाउन लागेकोसमेत जिकिर गरेको छ ।

प्रेस विज्ञप्ति

पोखरा उद्योग वाणिज्य संघको सदस्य प्रतिष्ठान होटल आनन्दका संचालक श्री आनन्दराज बतास तथा बतास ब्रदर्ससँग जोडिएर पछिल्लो समय विभिन्न संचारमाध्यममा आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो सदस्य प्रतिष्ठानले नारायणहिटी दरबारमा रेष्टुराँ संचालनदेखि अन्य विभिन्न स्थानमा गरेका व्यावसायिक गतिविधिहरु राज्यप्रदत्त व्यापार÷व्यवसाय गर्न पाउने क्षेत्राधिकारभित्रै रहेर गरिएको घामजत्तिकै छर्लङ्ग भएको विषय हो । सरकारले टेण्डर आह्वान नगरेको भए,सार्वजनिक निजी साझेदारी अवधारणा अनुरुप निजी क्षेत्रलाई लगानीको आह्वान नगरेको भए बतास समूह न नारायणहिटी भित्रको रेष्टुराँमा लगानी गथ्र्यो न त गौशाला वा अन्य क्षेत्रमा नै व्यवसायको सम्भावना खोज्न उद्यत रहन्थ्यो ।

राज्य स्वयंले टेण्डर आह्वान गर्ने,सार्वजनिक निजी साझेदारी अनुरुप निजी क्षेत्रको लगानी खोज्ने र तोकिएका प्रावधान पूरा गर्दै लगानी गरिसकेपछि विभिन्न आरोप÷प्रत्यारोप लगाउँदै भाँजो हाल्ने प्रवृत्ति आफैमा विरोधाभाषपूर्ण र पूर्वाग्रहबाट प्रेरित रहेको हाम्रो ठम्याइ रहेको छ । पछिल्लो समय सरकारले गरेका गतिविधिहरुले निजी क्षेत्रको मनोवल गिराउने काम मात्रै गरेको छैन, आफैले गरेका निर्णयहरु लत्याउने एवं कानूनी राज्यको खिल्ली उँडाउने काम भएको छ ।

प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्नु राज्यको कर्तव्य हो । त्यस्ता गतिविधिमाथि कारवाही गरिनुपर्नेमा संघ स्पष्ट छ तर सस्तो लोकप्रियताका लागि व्यक्तिमाथि खनिनुलाई किमार्थ राम्रो मान्न सकिँदैन । अझ संचारमाध्यममा आएका टिप्पणीकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिइ माननीय मन्त्रीज्यूकै निर्देशनमा निर्माणाधीन संरचना भत्काइनु भनेको राज्यको गैरजिम्मेवारीको पराकाष्ठा हो भन्ने हाम्रो धारणा रहेको छ ।

सम्झौतामा दुबै पक्षको हस्ताक्षर हुन्छ र तोड्दा अवलम्बन गर्नुपर्ने प्रावधानहरु पनि स्पट रुपले किटान गरिएकै हुन्छ । ती प्रावधान लत्याउने दुबै पक्षलाई नभएको पनि हामी स्मरण गराउन चाहन्छौं । पोखरा उद्योग वाणिज्य संघ यस्ता गतिविधिहरु तत्काल रोक्न,राज्यबाट भएको ज्यादतिको क्षतिपूर्ति दिन र कानूनी राज्यको प्रत्याभूति गराउँदै सफाइको मौका दिन एवं व्यवसायीको सम्पत्तिमाथि पु¥याइएको नोक्सानीको क्षतिपूर्तिको लागि पोखरा उद्योग वाणिज्य संघ जोडदार माग गर्दछ । बतास व्यक्ति हैन,व्यवसायी हो ।

अहिले भएको प्रहार व्यवसायीमाथिकै प्रहार हो । लगानी गर्ने, रोजगारी सिर्जना गर्ने तथा राज्यलाई कर तिर्ने व्यवसायीहरुको मानमर्दन र चरित्रहत्या गर्ने प्रवृत्तिले लगानीको वातावरण बन्दैन भन्नेमा पनि हामी सरोकारवाला निकायको ध्यानाकर्षण गराउन चाहन्छौं ।

………………….
सुरेन्द्रमान विजुक्छे
महासचिव

 

Editor: