पोखरामा ५५ सहित गण्डकीमा थप ११९ जनामा कोरोना, ३ को मृत्यु

कोरोना

पोखरा, २० मंसिर/गण्डकी प्रदेशमा शनिबार थप ७७ जनामा कोरोना संक्रमित थपिएका छन् ।

कास्कीको पोखरा महानगरपालिकामा ५५ जना, कास्कीकै माछापुच्छे गाउँपालिकामा ३ जना र मादी गाउँपालिकामा १ जना, बागलुङमा १८, लमजुङमा २१, म्याग्दी ३, मुस्ता २ पर्वत २, स्याङजामा १ जना र तनहुँ ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

यो सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको सख्या १२ हजार ५ सय ९८ पुगेको छ । अहिले सम्म ७ हजार २ सय ९१ जना निको भएर घर फर्किएका छन् ।

पोखरामा शनिबार थप ३ जनाको कोरोना संक्रमणबाट निधन

पोखरामा शनिबार थप ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । पोखराको गण्डकी अस्पताल र फिस्टेलल अस्पतालमा उपचाररत ३ जना संक्रमितको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको हो ।

पोखरा महानगरपालिका वडा नम्बर १७ का ५७ वर्षीय संक्रमित पुरुषको निधन भएको छ । उनको शनिबार बिहान ४ बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । उनलाई कार्तिक २८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा ११ की ७२ वर्षीया १ जना महिलाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । उनको उपचारका क्रममा शुक्रबार रातिे फिस्टेल अस्पताल पोखरामा निधन भएको हो । मृतक महिलालाई मंसिर १८ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

फिस्टेल अस्पतालमा नै उपचाररत पोखरा महानगरपालिका वडा नम्बर १२ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ । उनको शनिबार दिउँसो १२ बजे निधन भएको हो । उनलाई मंसिर १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ६६ पुगेको छ । ती मध्ये कास्कीमा ८९ जनाको निधन भएको छ ।

Editor: