विक्रम सम्बद २०७८ मा तीन वटा दशै

दशैं

काठमाडौँ, १७ फागुन/ नयाँ वर्ष २०७८ मा तीन दशैँ परेको छ । चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेकाले तीन वटा दशै परेको हो ।

यो वर्षको चैते दशै वैशाख ७ गते मंगलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

त्यसै गरी विसं २०७८ को चैत २६ गते शनिबार पनि अर्को चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको छ । बडादशैँका रूपमा मनाइने असोज शुक्ल पक्षको दशैँ आगामी वर्ष असोज २१ गते बिहीबार घटस्थापना गरेर शुरु हुने भएको छ ।

असोज २७ गते बुधबार महाअष्टमी, असोज २८ गते बिहीबार महानवमी र असोज २९ गते शुक्रबार विजयादशमी पर्व परेको छ ।

कार्तिककृष्ण पक्षमा शुरु भएर शुक्ल पक्षमा सकिने तिहार कात्तिक १६ गते मंगलबारदेखि शुरु हुनेछ । लक्ष्मीपूजा कात्तिक १८ गते बिहीबार र भाइटीका कात्तिक २० गते शनिबार परेको छ ।

Editor: