no comments

पोखरामा विश्व पर्यटन दिवस, फेवाताल घुम्ने फुटट्रयाकको रेक्की

पोखरा, ११ असोज /विश्व पर्यटन दिवसको असवरमा अघिल्ला वर्षमा पोखरामा धेरै नै तामजामका साथ कार्यक्रम हुने गर्दथे । तर यो वर्ष कोरोनाका कारण पोखरामा धेरै कार्यक्रम हुन सकेनन् । टान पश्चिमाञ्चलका आयोजनामा फेवाताललाई घुम्न मिल्ने गरी फुटट्रयाको रेक्की गरेका छन् ।

४१ औं विश्व पर्यटन दिवस अवसरमा पोखराका पर्यटन व्यवसायी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, पोखरा महानगरपालिका मयेर मानबहादुर जिसी र सरोकारवाल निकायले फेवा फेरो फुटट्रयाक रक्की गरेको हो । पोखरा ड्यामसाइडबाट शुरु हुने फुटट्रयाक फेवातालको दक्षिणी भाग रानीवन भित्रभित्रै हुदै पोखरा २३ मार्कीमा पुग्ने छ ।

मार्कीबाट पामे हुदै पुन लेकसाइड हुदै ड्यामसाइडमा पुग्ने छ । स्थलगत अवलोकन गरेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले फेवातालको सिमाङ्कन काम सकेपछि फुटट्रयाक निर्माणको काम थाल्ने बताए । उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु समेत आयोजना गर्ने तयारी थालेको बताए ।

यो फुटट्रयाकको लम्बाई १४ दशमलव २ किलोमिटर हुने प्रारम्भिक अनुमान छ । अघिल्लो वर्ष यो योजनाका लागि बजेट परेपनि काम नभएपछि यस वर्ष पर्यटन व्यवसायी आफै आगडी सरेका छन् । फेवाताल र पोखरालाई फरक दृश्य हेर्नका लागि यो ठाउँ उपयुक्त हुने टान पोखराका अध्यक्ष हरी भुजेल बनाउ छन् । यसले पोखरा घुम्न आउने पर्यटकको बसाइँ अवधि लम्ब्याउन समेत सहयोग गर्ने उनको भनाई छ ।

मुख्यमन्त्री गुरुङ सहित प्रदेशका पर्यटन मन्त्री विकास लम्साल, प्रदेश सांसद राजीव पहारी, पोखरा महानगर मेयर मानबहादुर जिसी, वडाध्यक्ष, पर्यटन व्यवसायीको सहभागिता थियो । सो ट्रयाक निर्माणले आगामी दिनमा पोखराको पर्यटन प्रवद्र्धनमा सहज हुने पर्यटन व्यवसायीको भनाई छ । यहाँ घुम्न आउने पर्यटकले तालको उत्तर भागबाटमात्रै हिमाल र ताल अवलोकन गर्दै आएकोमा सो निर्माणपछि तालको दक्षिणी भेगबाट ताल र हिमाललाई एकै दृश्यमा हेरेर रमाउन सक्ने छन् ।

फेवातालको उत्तरी भागमा करिब २ किलोमिटर फुटट्रयाक निर्माण भैसकेको छ । नेपाल घुम्न आउने पर्यटकमध्ये ४० प्रतिशत पर्यटक घुम्नका लागि पोखरा आउने गर्दछन् । आन्तरिक पर्यटकको पहिलो रोजाइमा पनि पोखरा पर्ने गर्दछ । कोरोनाका कारण सिथिल बनेको पोखराको पर्यटन उद्योग विस्तारै माथी उठ्ने व्यवसायीको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese