no comments

पोखराको होटल क्राउन हिमालयज ११ औं वर्षमा प्रवेश

पोखरा, १८ असोज / पोखरामा ‘होटल क्राउन हिमालयज’ स्थापनाको ११ औं वर्ष प्रवेश गरेको छ ।

पोखराको लेकसाइड गौरीघाटस्थित स्ट्रिट नम्बर ६ मा रहेको होटल क्राउन हिमालयजले १० औं वर्ष पुरा गरे ११ औं वर्षमा प्रवेश गरेको हो ।

होटल क्राउन हिमालयज सन् २०१० बाट शुरु भएको हो । स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाई होटल पर्ने गरेको सञ्चालक आग्रह अर्याल बताए ।

थ्रि स्टार सरहको सेवा सुविधा प्रदान गर्दै आएको होटलमा सिङ्गल, डबल, ट्रिपल, स्ट्यान्डर्ड तथा डिलक्स गरी ३८ वटा रुमहरु रहेको अर्यालले बताए । होटलले प्रसिद्ध ट्राभल वेबसाइट कम्पनी ट्रिप एडभाइजरले ‘ट्राभलर्स च्वाइस अवार्ड’ यस वर्ष पाएको थियो ।

अर्यालले वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाहुना, कर्मचारी, शुभेच्छुकहरुमा आाभर तथा शुभकामना व्यक्त गरे ।

 

TechSansar.com - Technology Navigator website for Nepalese