no comments

क्यानोनिङ पर्यटनको नयाँ गन्तव्य- सभापति कोइराला

पोखरा, २५ साउन/ गण्डकी प्रदेश सभा अन्तरगतको अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले साहसिक खेल क्यानोनिङ पर्यटनको नयाँ गन्तब्य हुने बताउनु भएको छ ।

पोखरा २८ माँझठानामा अवस्थित रोलाखोला र ढोडेनी खोला झरना,क्यानुनिङ लगायतका साहसिक खेलको पर्यटन गन्तव्यस्थलको लागि महत्वपूर्ण ठाउँरहेको बताउनु भयो । त्यहाँ रहेको झरनामा आफैले आइतबार क्यानोनिङ गरेपछि सभापति कोइरालाले लुकेर रहेका पर्यटकीय गन्तब्यहरुको पहिचानगर्दे प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति कोइरालाले त्यसठाउँको विकासको लागि आफुले विशेष पहल गर्नेपनि जनाउनु भएको छ । क्यानोनिङ अबलोकनको लागि पुग्नुभएका जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले भुर्तेल गाउँ र वास्तोला गाउँमा रहेको अत्यन्तै रमणीय रोलाखोला र ढोडेनी खोला झरना,क्यानोनिङ लगायतका साहसिक खेलको लागि उत्तम रहेको बताउनु भयो ।

उहाँले त्यस क्षेत्रको विकासको लागि आफुले समन्वय गर्ने जनाउनु भयो । साहसिक पर्यटनमा रुचि राख्नेहरुको लागि पोखरा महानगरभित्रै रहेको क्यानोनिङ आर्कषर्णको नयाँ गन्तब्य हुने वडा नं २८ का वडाध्यक्ष निर्मलदियालीको भनाई छ । ६० मिटर अग्लो रहेको झरनाबाट अहिले सम्म दुईसय जनाले क्यानोनिङ गरेको क्यानोनिङ मास्टर रोशन त्रिपाठीले जानकारी दिनुभयो ।

२०७५ सालदेखि त्यहाँ बाट क्यानोनिङ हुने गरेको भएपनि अहिले लकडाउन संगै चर्चामा आएको त्रिपाठीको भनाई छ । नेपालमा कास्की, लमजुङ, सिन्धुपाल्चोक, नुवाकोट लगायत जिल्लाका २० भन्दा बढी झरनामा क्यानोनिङ गरिँदै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese