चेम्बरको पोखरा पर्यटन विभाग गठन

चेम्बरको पोखरा पर्यटन विभाग गठन

पोखरा, २७ साउन / पर्यटन व्यवसायीहरुको भेलाले पोखरा चेम्बर अफ कमर्स, कास्की अन्तर्गतको पर्यटन विभागको गठन गरेको छ ।

विभागको अध्यक्षमा रेशम अधिकारी, उपाध्यक्षमा प्रकाशबाबु बस्ताकोटी, सचिवमा मोहनप्रसाद सुवेदी, कोषाध्यक्षमा रवि आचार्य रहनु भएको छ । पर्यटन विभागको सदस्यहरुमा दीपकप्रसाद सापकोटा रेशम गौतम, देवराज अधिकारी र लक्ष्मी कोइराला चुनिनु भएको छ ।

विभागको सल्लाहकारमा दिल गौतम, उपेन्द्र अधिकारी र सुवास भण्डारी रहनुभएको छ । पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष किसान सुनारले कोरोना भाइरसको कारण थला परेको पर्यटन क्षेत्रलाई उकास्नको लागि तीन तहको सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

सरकारले हालै जारी गरेको मौद्रिक नीतिले पर्यटनसँग जोडिएका सवाललाई सम्बोधन गरेको दावी गर्दै अध्यक्ष सुनारले मौद्रिक नीतिले व्यवस्था गरेका सुविधाहरुलाई बैङ्क तथा वित्तिय संस्थाहरुले ध्यान नदिएको धारणा राख्नुभयो ।

चेम्बरको मागअनुसार मौद्रिक नीतिमा पर्यटन क्षेत्रलाई पुनर्कजा र सहुलियत कोषको जानकारी दिँदै अध्यक्ष सुनारले बैङ्क तथा विक्तिय संस्थाले ब्याजमा छुट नदिए कार्यान्वयनको लागि चेम्बरले दवाव र पहल कदमी गर्ने उल्लेख गर्नुभयो ।

उहाँले पोखरालाई पर्यटनको राजधानी बनाउने व्यवसायीको अभियानलाई चेम्बरको साथ र समर्थन रहेको बताउनुभयो । अध्यक्ष सुनारले पर्यटन विभाग वस्तुगत संघसंस्थाहरुको प्रतिनिधिमूलक सहभागतामा कास्कीका सबै क्षेत्रलाई समेटेर बनाएको जानकारी दिनुभयो ।

Editor: