no comments

टाईगर कप भलिबलको उपाधि गण्डकी प्रदेश र पुलिसलाई

पोखरा, १ फागुन/ पोखरामा भएका टाईगर कप क्लब च्याम्पियनसिपको पुरुष तथा गण्डकी प्रदेश र महिला तर्फ नेपाल पुलिसले उपाधि जितेको छ ।

नेपाली भलिबलमा विभागीय बर्चस्वलाई तोड्दै गण्डकी प्रदेशले प्रथम टाईगर कप क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु कोर्टमा शनिबार त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले पन्छाउँदै उपाधि जितेको हो ।

गण्डकीले आर्मीमाथि जित निकाल्न निकै प्रतिस्पर्धा गर्नुपर्यो । गण्डकीले २५–२२, २१–२५, २५–२३ र १५–११ ले हराउदै घरेलु कोर्टमा वर्षकै पहिलो उपाधि रक्षा गर्यो । लिग चरणमा आर्मी गण्डकी प्रदेशसँगै ३–१ को सेटमा पराजित भएको थियो ।

महिला तर्फको खेलमा नेपाल पुलिसले एपिएफलाई हराउदै उपाधि जितेको छ । नेपाल पुलिस क्लबले टाईगर कपको उपाधि शसस्त्रलाई सोझै सेट पराजित गर्दै चुम्यो । पुलिसले २५–२३, २५–२२ र २५–२१ मा हराउदै उपाधि जित्न सफल भयो ।

प्रतियोगितामा राउन्ड रोविन लिगमा समान ५ अंक नै भएपनि सेटको आधारमा होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो भयो भने नेपाल आर्मी सान्तोना बन्यो ।

विजेता गण्डकी प्रदेश र पुलिसले नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता शसस्त्र प्रहरी बलले ७५ हजार, तेस्रो हुने न्यु डायमण्डले ३५ हजार रुपैयाँ र सान्त्वना पुरस्कार १५ हजार राशी आर्मीले प्राप्त गर्यो ।

उत्कृष्ट खेलाडीले नगद २० हजार र उत्कृष्ट ब्लकर, उत्कृष्ट सटर, उत्कृष्ट सर्भर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट प्रशिक्षकले ५–५ हजार नगद जित्न सफल भए ।

नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको महिलातर्फ सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । प्रतियोगितामा नेपाल पुलिस क्लबकी स्पाइकर उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् । उषाले नगद २० हजार र ट्रफी सहित सम्मानित भइन् ।

उत्कृष्ट ब्लकर नेपाल एपिएफकी हिरा केसी, उत्कृष्ट सटर पुलिसकी कमला पुन, उत्कृष्ट सर्भर होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी प्रतिभा माली, उत्कृष्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, उत्कृष्ट डिफेन्डर पुलिसकी सान्तिकला तामाङ चुनिए । रुपेश विष्ट महिला भलिबलका उत्कृष्ट प्रशिक्षक चुनिए । ब्यक्गित अवार्ड जित्ने यी सबै ५–५ हजार प्राप्त गरे ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese