no comments

पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स फुटबल’ सुरु, उद्घाटन खेलमा आयोजक विजयी

पोखरा, ११ फागुन/ पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ सुरु भएको छ ।

पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल नयाँंगल्ली युवा क्लबको आयोजनामा आगामी १६ गते सम्पन्न हुने गरी आज (मंगलबार) देखि भेट्रान्स (३५ वर्ष माथी) फुटबल प्रतियोगिता सुरु भएको हो ।

कुल १८ टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलबाट ईन्द्रेणी एकिकृट विकास केन्द्रले १–० गोल अन्तरले ढिकुरपोखरी युवा सञ्जाललाई पराजित गर्दै आयोजक टिमले विजयी सुरुवात गर्याे ।

त्यस्तै दोस्रो खेलमा रत्नसमाज कस्केरीलाई ब्रदरवुडले ३–१ गोलको अन्तरले सहज जित निकाल्यो । एनएमए गण्डकी शाखा र बिटी एफसी बिच भएको खेल ३–३ को बराबरी भएपछि ट्राईबेकरमा बिटीले ४–३ को गोल नतिजा सहित एनएमएलाई पाखा लगागदै क्वाटरफाईनलमा प्रवेश गर्याे ।

यसैगरी आज (मंगलबार) को अन्तिम खेलमा सँगम फुटबल क्लबले लेकसाईड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे ।

बुधबार पनि पहिलो चरणकै ६ खेल हुने बताउदै विहान ९ बजे पहिलो खेल हुने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । यसअघि म्याग्दी समाज युकेका युवा अध्यक्ष अनिल मल्लले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

सो प्रतियोगिताको विजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ७० हजार प्राप्त गर्ने बताए ।

त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । भने विधागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको सर्वोत्कृट खेलाडी दाम्पत्यलाई पुरस्कार स्वरुप रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको समेत आयोजकले जनाएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese