डेभिड चीनमा हुने रेस्लिङ्गका लागि छनोट

डेभिड चीनमा हुने रेस्लिङ्गका लागि छनोट

काठमाडौं, १४ फागुन/ मित्र राष्ट्र चीनमा आयोजना हुने रेस्लिङ्ग प्रतियोगिताको लागि अन्तराष्ट्रिय रेस्लर डेभिड महर्जन छनोट भएका छन् ।

डेभिड आगामी बर्ष नेपाल चाईना मैत्रीपूर्ण एवं साँस्कृतीक सम्वन्धलाई मजबुत बनाउने कार्यक्रम वन बेल्ट वन रोड ईनिसियटिभ अन्तरगत हुने रेस्लिङ्ग प्रतियोगिताका लागि छनोट भएको नेपाल रिङ्ग रेस्लिङ्ग संघकी महासचिव एवं राष्ट्रिय खेलकुद परिषदकी सदस्य सुवर्ण श्रेष्ठले जानकारी गराएकी छिन् ।

छनोट भएकोमा नेपाल रिङ्ग रेस्लिङ्ग संघले डेभिडलाई प्रतियोगितामा सफलताको शुभकामना ब्यक्त गरेको छ ।

Editor: