no comments

मुख्यमन्त्री कप महिला भलिबलको उपाधि महिला तर्फ म्याग्दी र पुरुष तर्फ तनहुँलाई

पोखरा, ८ फागुन/मुख्यमन्त्री कप महिला भलिबलको उपाधि महिला तर्फ म्याग्दी र पुरुष तर्फ तनहुँ जिल्लाले उचालेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुण शाहीको कप्तानीमा रहेको म्याग्दी जिल्लाले छिमेकी जिल्ला पर्वतलाई सोझो सेटमा पराजित गर्दै पहिलो संस्करणको मुख्यमन्त्री कपको उपाधि उचाल्यो ।

शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनलमा पर्वत जिल्लालाई २५–१४, २५–१५ र २५–१७ को सेटमा पराजित गर्दै दुई लाख नगद राशीको उपाधि आफनो नाममा लेखायो । पर्वतले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको पुरुष तर्फका उपाधि तनहुँले उचाल्यो । एक सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै तनहँुले स्याङजामाथि ३–२ सेटले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । पहिलो सेट स्याङजालाई २५–२३ तनहुँले गुमाउन पुग्यो । दोस्रो र तेस्रो सेट भने तनहुँले आफनो पक्षमा पार्यो ।

२५–१७ र २५–२० मा लगातार दुई सेट लिएको तनहुँले चौथो सेट भने स्याङलाई सुम्पिदैं खेल नाटकीय रुपमा पाँचौ सेटमा पुग्यो । चौथो सेट तनहँुले स्याङजालाई १३–२५ मा सुम्पिएपछि खेल निकै प्रतिस्पर्धात्मक मोडमा पुग्यो ।

अन्तिम तथा निर्णायक सेटमा भने तनहुँले स्याङजालाई १५–१० को सेटले पन्छाउँदै पहिलो मुख्यमन्त्री कप भलिबलको उपाधि आफनो नाममा लेखायो । नगद २ लाख रुपैयाँ प्राप्त गर्दा स्याङजा भने उपविजेता बन्दै नगद १ लाखमा चित्त बुझाउन बाध्य भयो ।

पुरुष तर्फको तेस्रो स्थानमा भने पर्वत रह्यो । पर्वत जिल्लाले म्याग्दीलाई २३–२५, २५–१४, २५–१७ र २७–२५ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै नगद ५० हजार पुरस्कार प्राप्त गर्यो । महिला तर्फको तेस्रो स्थानमा भने तनहुँले कास्कीलाई पराजित गर्दै तेस्रो स्थानमा रह्यो । तनहुँले कास्कीमाथि २५–१६, २२–२५, २५–१४ र ३०–२८ को सेटमा पराजित गर्दै तेस्रो स्थानमा रहँदै ५० हजार प्राप्त गर्न सफल भयो ।

महिला तर्फ सर्वोत्कृष्ट खेलाडी म्याग्दीकी अरुणा शाही घोषित भईन् । पुरुष तर्फ भने तनहूँका मिलनचन्द ठकुरी घोषित भइ । यसैगरी विधागत महिला तर्फ उत्कृष्ट स्पाईकर तनँहुकी उषा भण्डारी, डिफेण्डरमा कास्कीकी अन्सु थापा, सेटरमा अर्पणा खाँड ठकुरी, ब्लकरमा पर्वतकी हिरा केसी, सर्भरमा म्याग्दीकी कमला पुन र प्रशिक्षकमा म्याग्दीका तेजेन्द्र बानियाँ घोषित भए ।

त्यसैगरी पुरुष तर्फ विधागत पुरस्कार क्रमश स्पाईकरमा तनँहुका अशोक श्रेष्ठ, डिफेण्डरमा स्याङजाका राजन दर्लामी, ब्लकरमा स्याङजाका महेन्द्र श्रेष्ठ, सर्भरमा स्याङजाका बिवस थापा, सेटरमा तनँहुका विवस आले र प्रशिक्षकमा तनहुँका पदम सुनार घोषित भए ।

विधागत विजेता खेलाडीहरुलाई नगद ५र५ हजारसहित ट्रफी र पदक प्राप्त गरिएको थियो । विजेता तथा उपविजेता जिल्लाका खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले नगदसहित ट्रफी प्रदान गरेका थिए

TechSansar.com - Technology Navigator website for Nepalese