no comments

अरुणा शाही जिताउन पोखरामा एपीएफ र न्युडाइमण्ड बिच भलिबल प्रतियोगिता

पोखरा, २६ पुष / एनएसजेएफस्पोर्टस अवार्डको पिपल्स च्वाइस विधामा पोखराकी भलिबल खेलाडी अरुणा शाही जिताउँ अभियान अन्तरगत भएको भलिबल प्रतियोगिताको मैत्रीपूर्ण खेलमा विभागीय टोली एपीएफ विजयी भएको छ ।

पोखराको पोखरा रंगशालामा शनिबार भएको महिला मैत्रीपूर्ण खेलमा एपीएफले न्यु डाइमण्ड क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । यस खेलमा अरुणा पनि न्यु डायमण्ड क्लबबाट मैदानमा ओर्लिएकी थिईन् ।

यसै खेलबाट नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी खेलाडी प्रतिभा मालीले एक वर्षपछि कोर्टमा फर्किएकी छन् । करिब एक वर्षअअघि खेलकै दौरान प्रतिभाको घुडाँमा गम्भिर चोट लागेको थियो ।

भलिबललाई प्रतिनिधित्व गर्दे नेपालको प्रतिष्ठत पल्सर स्पोर्टस् अवार्डको पिपल्स च्वाइस अवार्डमा मनोनित भएपछि अरुणा शाहीलाई जित दिलाउन पश्चिमाञ्चल भलिबल संघ र जिल्ला भलिबल संघ कास्कीले पुरुषको प्रतियोगितासँगै एपीएफ र न्यु डायमण्ड भलिबल क्लबबिचको मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

प्रतियोगिता आयोजनाबाट संकलन हुने रकम अरुणा शाहीलाई पिपल्स च्वाइस अवार्डमा जित दिलाउन एसएमएस भोटिङ्गमा प्रयोग गरिने आयोजकले जानकारी दिए ।

यस विधामा भलिबलबी अरुणासँगै फुटबलकी सावित्रा भण्डारी, कराँतेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी सदिक्षा श्रेष्ठ र पौडीकी गौरिका सिंह मनोनयनमा परेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese