कास्की जिल्ला फुटबल संघद्धारा ५० जना खेलाडी तथा कर्मचारीलाई सहयोग

कास्की जिल्ला फुटबल संघद्धारा ५० जना खेलाडी तथा कर्मचारीलाई सहयोग

पोखरा, ३० साउन/ कास्की जिल्ला फुटबल संघले संघसंग आवद्ध रहेको ५० जना खेलाडी, अफिसियल तथा कर्मचारीलाई आर्थिक सहयोग गरेको छ । विश्व कोरोना भाइरसको महामारीमा परिरहेको समयमा खेलाडी कर्मचारी तथा पदाधीकारीलाई हौसल प्रदान गर्ने उद्देश्यले अखिल नेपाल फुटबल संघ (एन्फा) को आर्थिक सहयोगमा फुटबल संग आवद्ध रहेका ५० जनालाई सहयोग गरेको हो ।

कोरोनाको समयमा खेलाडी, अफिसियल तथा कर्मचारीलाई केहि राहत प्रदान गर्नको लागि सहयोग गरेको हो । एन्फाको कार्ययोजना अनुसार देशभर रहेका फुटबल संघ मार्फत फुटबलमा आवद्ध खेल पदाधिकारीलाई सहयोग गरेको छ । प्रति खेलाडी २ हजार ५ सय रुपैया प्रदान गरेको हो । एन्फाको ७५ हजार र लायन्स क्लब अफ सेन्टेनियलको ५० हजार नगद सहयोगमा सहयोग प्रदान गरेको हो ।

राहत प्राप्त गर्नेहरुमा ५ जना महिला खेलाडी, ७ जना अफिसियल र ३५ जना पुरुष खेलाडी तथा ३ जना पश्चिमाञ्चल क्षेत्रिय खेलकुदमा कार्यरत कर्मचारी हुन् । रकम हस्तान्त्ररण कार्यक्रममा खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरीले कोरोनाको विषम परिस्थितिमा समेत संघले आफ्ना खेलाडीलाई सम्झनु नै सरायिन कार्य रहेको बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले खेलाडी तथा पदाधिकारीलाई केहि समय पहिले नै सहयोग गर्नुपर्ने भएपनि नाम संकलनको कारणले ढिला भएको बताए । एन्फाले मोफसलमा रहेका फुटबल संघ मार्फत खेलाडी तथा पदाधिकारीलाई सहयोग गर्नु खेलाडीको लागि मात्र नभएर संघको लागि समेत महत्वको विषय रहेको बताए ।

सहयोग प्रदान गर्ने कार्यक्रममा सहारा क्लब पोखराका अध्यक्ष केशव बहादुर थापा, लायन्स क्लब अफ सेन्टेनियलका अध्यक्ष प्रगत कायस्थ लगाएतले संघले गर्ने हरेक सामाजिक कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Editor: