no comments

कांग्रेस पोखरा ७ का पुराना नेता बरालको निधन

पोखरा, १७ चैत्र  / नेपाली कांग्रेस पोखरा ७ मासवार पुराना नेता प्रेमनारायण बरालको ८८ बर्षको उमेरमा निधन भएको हो।
उनको पोखराको सेती नदी स्थित शान्ति घाट किनारमा अत्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा नेपाली काँग्रेसका नेता शुक्रराज शर्मा, कास्की काँग्रेस सभापति कृष्ण केसी,पुर्ब मन्त्री यज्ञ बहादुर थापा, कांग्रेस नेता शोभियत बहादुर अधिकारी, देवराज चालिसे, जिल्ला उपसभापति आइ बहादुर गुरुङ, क्षेत्रीय सभापति माधव प्रसाद बास्तोला, पोषनाथ शर्मा र इकाई सभापति नबिनराज बराल लगायतका पार्टीको चार तारे झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देले जानकारी दिए ।

सो अवसरमा नेता कार्यकर्ता , आफन्त , शुभेच्छुक र विभिन्न संघ सस्थाका ब्यक्तिहरुले श्रद्धाञ्जली ,ब्यक्त गरेका थिए ।
स्वः बरालका २ श्रीमती र ३ छोरा र ३ छोरी रहेका छन ।छोरा सरोज नारायण बराल कांग्रेस नगर सचिव हुनुहुन्छ ।

यसैबीच, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी र पोखरा ७ का इकाई सभापति नबिनराज बराल बरालले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी बरालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

विज्ञप्तिमा बरालले लोकतन्त्रको विकास, विस्तारसँगै शैक्षिक र धार्मिक क्षेत्रमा पुग्याएको योगदान सदैव स्मरणीय रहने उल्लेख छ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै विज्ञप्तिमा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese