no comments

महिला मानव अधिकार रक्षक कास्कीमा इन्द्रकुमारी शर्मा

पोखरा, १४ चैत/ महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीमा इन्द्रकुमारी शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

कास्कीको १३ औ साधारण सभा तथा नवौँ अधिवेशनले शर्माको नेतृत्वमा १९ सदस्यीय नयाँ समिति चयन गरेको हो । सञ्जालको उपाध्यक्षमा केशु भुजेल, सचिवमा शारदा खत्री, सहसचिवमा विना पुन र कोषाध्यक्षमा भिमा पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।

त्यस्तै सञ्जालको सदस्यहरुमा ज्ञानुसरा थापा, मिना थापा, सरस्वती कार्की, प्रमिला श्रेष्ठ, इन्दीरा तिवारी, मिना पाण्डे, मञ्जु नेपाली, नाजवुन निशाखान, शान्ति थाउबब मगर, पवित्रा गुरुङ, रविना श्रेष्ठ,क्षमता खड्का, गुना गुरुङ र इन्दीरा पौडेल चयन हुनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शर्माले महिला अधिकार स्थापितका लागि संविधानले प्रदान गरेको महिला अधिकारलाई स्थापित गर्न आफू नेतृत्वको समिति लागि पर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यसअघि अधिवेशनको गण्डकी प्रदेशका उपसभामुख सृजना शर्माले उद्घाटन गर्नुभएको थियो । उहाँले पछिल्लो समय महिलाहरु जागरुक भएर अगाडि आइरहे पनि अझै आफ्नो अधिकारलाई पूर्ण रुपमा उपभोग गर्न नपाएको बताउनुभयो ।

महिलाको विकासको लागि सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक सबै पक्षबाट सशक्त हुन जरुरी रहेको जनाउँदै महिलाले शिक्षा र आर्थिक पक्षमा पनि जोड दिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालका संविधानले महिलाका धेरै अधिकार स्थापित गरेको उल्लेख गर्दै अब महिलाले आफ्नो भूमिकाको खोजी गरेर अघि बढ्ने समय आएको बताउनुभयो ।

महिला मावन अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष तारामाया थापा मगरले कोभिड १९ को असहज परिस्थितीमा पनि विभिन्न संघ संस्था सँगको सहकार्यमा महिला अधिकार, मानसिक स्वास्थ्य, प्रजनन स्वास्थ्य लगायतका जनचेतना र क्षमता अभिवृद्धिका कार्यक्रमहरु गर्न सफल भएको बताउनुभयो । उहाँलेअध्यक्षतामा अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

सो अवसरमा संस्थाका सल्लाहकार एवम् पूर्व अध्यक्ष न्यायधिश सरला पाण्डे, वेपत्ता छानबिन आयोगका सदस्य सरीता थापा सहित विना सिलवाल, जुना गुरुङ, नन्दकला नेपाली, जानकी शर्मालाई संस्थागत विकासमा योगदान पु¥याएको भन्दै सम्मान समेत गरिएको थियो । कार्यक्रममा सचिव केशुले प्रगति प्रतिवेदन र कोषाध्यक्ष विना आर्थिक पेश गर्नुभएको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese