no comments

ब्रदरवुडलाई देश्ना चन्द स्मृति भेट्रान्स फुटबलको उपाधि

पोखरा, १५ फागुन/ पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा सम्पन्न ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ ।

ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा पुरानो टुडिखेलमा सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुड च्याम्पियन बनेको हो ।

च्याम्पियन बनेसँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गर्याे । भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजारमा चित्त बुझायो ।

कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा ब्रदरवुडका मनोज गुरुङ घोषित हुदै ट्रफी प्राप्त गरे साथमा गुरुङ दाम्पत्यलाई रुपाकोट रिसोर्टको तर्फबाट वान नाईट स्टे अफर समेत प्रदान गरेको छ ।

त्यस्तै विधागत तर्फ उत्कृष्ट डिफेण्डरका रुपमा गार्डेनका विकास गुरुङ, र उत्कृष्ट मिडफिल्डरका रुपमा सोही क्लबकै मन बहादुर गुरुङ, उत्कृष्ट गोलरक्षकका रुपमा ब्रदरवुडका रिम पुन र उत्कृष्ट स्ट्राईकरका रुपमा सोही टिमकै मनोज गुरुङ घोषित हुदै ट्रफी प्राप्त गरे । भने सर्वाधिक गोलकर्ताको पुरस्कार भ्याली स्पोर्टस्का विजय गुरुङले हात पारे ।

यसैगरी अनुशासित टिमको उपाधि गोर्खा अल्टिमेट फिटनेश सेन्टरले प्राप्त गर्याे । यसअघि फाईनल खेल गोल रहित भएपछि ट्राईबेकरमा धकेलिएको थियो ।

प्रतियोगिताको विजेता तथा उपविजेता टिमलाई कार्यक्रममा प्रमुख अतिथि समेत रहेका स्वर्गीय देश्ना चन्दका पिता विवेक चन्द, उत्साह चन्द, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, आयोजनक संस्थाका सल्लाहकारहरु, अध्यक्ष लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese