no comments

पोखरामा फागुन पहिलो साता मुख्यमन्त्री कप भलिबल प्रतियोगिता

पोखरा, ६ माघ/ पोखरामा फागुनको पहिलो साता मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने छ ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा पहिलो पटक मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिता फागुन ४ गतेदेखि ८ गतेसम्म पोखरा रंगशाला भलिबल कोर्टमा हुने छ । प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाको सहभागिता रहने प्रतियोगिता संयोजक खगेन्द्र गौचनले जानकारी दिए ।

प्रतियोगितामा महिला तथा पुरुष टोली विजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छन् । उपविजेता र तेस्रो हुने टोलीले भने नगद १ लाख र ५० हजार रुपैयाँ प्राप्त गर्ने संघका अध्यक्ष भिम पराजुलीले जानकारी दिए ।

त्यसै गरी उत्कृष्ट हुने पाँच विधाका खेलाडीलाई ५ हजार सहित कप र प्रमाण्पत्र प्रदान गर्ने उनले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ५४ लाख खर्च र ५५ लाख बचत हुने अुनमान आयोजकको रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese