no comments

पोखरामा बाघको छाला र सालक सहित युवक पक्राउ

पोखरा, ७ असोज / बाघको छाला र सालकको खपेटा सहित पोखराको शिसुवाबाट कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प.७८०६ नम्बरको मोटरसाइकलमा जाँदै गर्दा मंगलबार साँझ ६.३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले पक्राउ गरेको हो ।

लामिछानेको साथबाट जेब्रा झोलामा अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले जानकारी दिए ।

लामिछानेलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको उनले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese