no comments

मठमन्दिर खुल्ला गर्न दबाब दिदैँ जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना

पोखरा, ५ कात्तिक / मठ मन्दिर खुल्ला गर्न दबाब स्वरुप जिल्ला प्रशासन कार्यलय कास्की अगाडि हिन्दु परिषद् नेपाल, राष्ट्रिय धर्म सभा नेपाल , विश्व हिन्दु महासंघ लगायत कस्केली धार्मिक संघ–संस्था र धार्मिक अभियन्ता दीपक आचार्य, शंकर खराल, पार्बता पौडेल , कमल पौडेलहरुले बुधबार एक घण्टे धर्ना दिएका थिए ।

सो एक घण्टे धर्ना पश्चात् जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख अधिकारी ज्ञान प्रसाद ढकाललाई विश्व हिन्दु महासंघ कास्कीका जिल्ला अध्यक्ष पार्बता पौडेलद्वारा ज्ञापनपत्र बुझाईएको थियो । विश्व हिन्दु महासंघ कास्कीका महासचिब कमल पौडेलले ज्ञापनपत्र वाचन गरि उत्त ज्ञापन पत्र सिडियो ढकालमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकरी दिनुभयो ।

धार्मिक अभियन्ता विश्व हिन्दु महासंघ गण्डकी प्रदेश अध्यक्ष शंकर खरालले सबै खुलेको अबस्थामा मठ मन्दिर मात्र बन्द किन ? भनेर प्रश्न गर्नुको साथै मठ मन्दिर बन्द हुँदा सो आम्दानीबाट चल्ने गुरुकुल लगायत फुल बेचेर जिविका चलाउनेहरुको दैनिकि समेत कष्टकर भएको भन्दै तत्काल मन्दिर प्रबेशको बातावरण बनाउन अनुरोध गनुभयो ।

धर्ना कार्यक्रममा हिन्दु परिषद नेपाल कास्की जिल्ला इन्चार्ज दीपक आचार्यले कुन धर्म मान्ने भन्ने पुर्ण अधिकार ब्यक्तिमा निहित रहेको र यो मौलिक हक भएको हुँदा यो हक प्रयोगमा राज्यले रोक्न नमिल्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संकटकाल लागेको अबस्थामा मात्र मौलिक हक प्रयोग गर्न नपाइने त्यो पनि बढिमा तिन महिना मात्र हो, अहिले नेपालमा संकटकाल घोषणा नभएको हुँदा यो आफ्नो संस्कार र संस्कृति मान्ने हक प्रयोग गर्न संबिधान को हिसाबले पनि नागरिकले छुट पाउनु पर्छ ।’

आचार्यले अहिले भर्खर इन्डियाको बिहारमा अदालतले नै मठ मन्दिर बन्द नगर्ने गरि फैसला समेत गरेको बिचार सहित संबिधान लाइ सम्मान गर्न राज्य संग अनुरोध गर्नुभयो । कास्की सिडियो ढकालका अनुसार यो मन्त्रीपरिषद्को निर्यण अनुसार नै भएको र अभियन्ताहरुको भनाईलाई सम्बन्धित निकायमा पठाइदिने र जस्तो आदेश आउँछ त्यहीँ हिसाबले आफु अगाडि बढ्ने कुरा ब्यक्त गर्नुभयो ।

मन्दिर प्रबेशमा रोक नलगाई सामाजिक तथा भौतिक दुरी कायम गरी सबै सुरक्षाका उपाय अपनाएर भए पनि मन्दिर दर्शन गर्न दिनुपर्ने माग अभियन्ताको रहेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese