no comments

जिल्ला प्रहरी कार्यालय स्याङ्जामा थप १६ प्रहरीमा कोरोना

पोखरा, १३ साउन / जिल्ला प्रहरी कार्यालय स्याङ्जामा मंगलबार थप १६ जनामा संक्रमित भएका छन् । यो सगँ जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कोरोना संक्रमित प्रहरीको संख्या ३७ पुगेको छ ।

प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा मंगलबार स्याङ्जा जिल्ला प्रहरी कार्यालयमा कार्यरत १६ जना प्रहरी, एक थुनुवा एक जना प्रहरीको छोरीमा संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा मंगलबार २५ जनामा र बागलुङमा ६ जना कोरोना देखिएको छ । स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका ४ जना, पुतलीबजारमा २ जना र वालिङ नगरपालिकाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङमा निसीखोलामा ५ जना र बरेंङमा १ जनामा कोरोना देखिएको छ ।

सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले अघोषित रुपमा स्याङ्जा जिल्ला नै सिल गरेको छ । आवतजावतमा पूर्ण सुरक्षा कडाइ गरेको छ ।

संक्रमितलाई सम्बन्धी जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशमा १ हजार ४ सय ३० पुगेको छ । जसमध्ये १ हजार २ सय १७ जना निको भई घर फर्किसकेका छन् भने ४ जना कोरोनाका कारण मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese