no comments

टान पश्चिमाञ्चल पोखराको अध्यक्षमा पौडेल र सचिवमा तिवारी निर्विरोध

पोखरा, १७ कात्तिक / ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखराको १६ अधिबेशनले अध्यक्षमा सुशील पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । संघको १६ अधिवेशनका लागि अध्यक्षमा पौडेलको मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएका हुन् ।

बर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्ष रहेका पौडेल यस अगाडि सचिव लगायत विभिन्न पदमा रहेर संघमा काम गरिसकेका छन् । त्यसैगरी संघको सचिव पदमा मीलन तिवारी सर्वसम्मत निर्वाचित भएका छन् । सचिवमा तिवारीको पनि एकल उम्मेदवारी परेको हो ।

संघको अन्य पदमा भने निर्वाचन हुने भएको छ । कात्तिक १९ गते बुधबार मतदान हुने संघले जनाएको छ । प्रथम उपाध्यक्षमा धर्मराज पन्थी र जीवनराज सापकोटाको उम्मेदवारी परेको छ ।

द्वितीय उपाध्यक्षमा उदय सुवेदी, कृष्ण आचार्य र दीवस लामिछानेबीच प्रतिस्पर्धा हुँदैछ । सहसचिवमा रेशम अधिकारी र विश्वहाङ राई र कोषाध्यक्षमा किसम कुमारी गुरुङ र ढाकाराम अधिकारी चुनावी मैदानमा छन् । कार्यसमितिका लागि ६ जना सदस्यका लागि ११ जनाको उम्मेदवारी दिएका छन् ।

सदस्यमा अमृतप्रसाद तिवारी, लक्ष्मी कोइराला, गोपाल सङग्रौला, विकास गुरुङ, मोहन सुवेदी, कालिबहादुर नेम्माङ, जुना अधिकारी, नवराज श्रेष्ठ, अनिल थापा, चन्द्रबहादुर भुजेल, दीपक सापकोटा चुनावी मैदानमा छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese