no comments

सडक महोत्सवमा दुर्घटना, १ जनाको मृत्यु

पोखरा, १७ पुष / अंग्रेजी नयाँ वर्षका बेला पोखरामा गाडीले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । वडा नं ६ कार्यालय र शान्तिपाटन मार्गको बीचमा रक्सी पिएर गाडी चलाउदा पैदल यात्री सुनिल गुरुङको मृत्यु भएको हो ।

ग २ च १११८ नम्बरको हाईलक्सले नजिकका ६ वटा गाडीलाई पनि ठक्कर दिएको कास्की प्रहरीले जनाएको छ । दुर्घटनामा अर्का १ जना घाईते भएकी छिन् ।

दुईजना घाईते भएकोमा गुरुङको मेट्रोसिटी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese