no comments

पोखरामा स्ट्रबेरी खेतीमा रमाउदै पुर्ण अधिकारी

पोखरा, ९ फागुन / कोरिया बस्दा आफुले काम गर्ने नदिकै स्ट्रबेरी खेती थियो । यस्तै स्ट्रबेरी खेती आफ्नो देश फर्केपछि गर्ने इच्छा थियो पोखरा ७ शान्तिनगरका पुर्ण अधिकारीलाई ।

अहिले त्यही खेती बारीमा लगाएर आम्दानी समेत गर्न थालेका छन् । करिब १ हजार वटा स्ट्रबेरीका बिरुवा रोपेका उनले विस्तारै व्यवासायीक खेती गर्ने इच्छा रहेको बताए ।

उनले १ हजार बोटबाट उनले करिब २ लाख ५० हजार आम्दानी गर्ने लक्ष्य रहेको बताए । यो खेती गर्ने करिब ५० हजार खर्च भएको उनले सुनाए । आफुले २५ हजार खर्च गरेको र कृषि ज्ञान केन्द्रले करिब २५ हजारको विरुवा दिएको बताए ।

फलले जिविकोपार्जन सगैं आर्थिक उन्नतीतर्फ अघि बढाएको उनको भनाई छ । उनको दैनिकी बिहान बेलुका स्टवेरी बारीमा बित्छ भने दिऊसो पोखरा ७ शान्तिनगरमा उनले नै सञ्चालन गरेको क्याफेमा रमाउ छन् ।

स्ट्रबेरी जापानिज ऐसेलुको एक प्रजाती हो । हाल विश्वको विभिन्न देशहरुमा उत्पादन गर्ने गरिन्छ । जाम बनाउन, बिभिन्न थरिका चकलेटहरु बनाउन लगाएत थुप्रै खानेकुराहरु बनाउन प्रयोग गरिन्छ ।

स्ट्रबेरी रोप्नका लागि मल र पानि अत्याधिक रुपमा चाहिने पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले बताए ।

रासायनिक र प्रांगारीक मलको मिश्रणलाई स्टबेरी रोप्न तयार गरेको ठाउँमा हालीन्छ र केही समयपछि बेर्न रोप्नु पर्ने उनले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese