no comments

सृजना विकास केन्द्रको अध्यक्षमा ईन्द्र पौडेल

पोखरा, २९ पुष / पोखरा सिमलचौरमा रहेको सृजना विकास केन्द्र अध्यक्षमा ईन्द्र पौडेल चयन भएका छन् ।

केन्द्रको मंगलबार भएको अधिवेशनले पत्रकार समेत रहेका पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

समितिको प्रथम उपाध्यक्षमा कृष्ण थापा चयन भएका छन् । त्यस्तै केन्द्रको द्वितीय उपाध्यक्षमा कमलादेवी गिरी, महाचिवमा चन्द्र गिरी, सचिवमा विश्व श्रेष्ठ, कोषाध्यक्षमा कृष्णमान ठुसाजु चयन भएका छन् ।

समितिको सदस्यहरुमा सुशील बिजुक्षे, दानबहादुर गुरुङ, पार्वती बराल र अशोक श्रेष्ठ चयन भएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese