no comments

पोखराको सेती नदि किनारमा धाँजा फाँट्यो, २ घर भत्कियो

पोखरा, १९ मंसिर / पोखरा महानगरपालिका वडा नम्बर १५ स्थित टुटुंगा सिमलतरामा सेती नदि किनारमा धाँजा फाट्दा बस्ती जोखिममा परेको छ । जमिनमा धाँजा फाट्दा २ घर बिस्थापित भएका छन् भने अन्य घरका परिवार जोखिम बढेपछि अन्त्र सर्ने तयारी गरेका छन् ।

थप १२ देखि १५ घर जोखिममा रहेको पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेलले बताए । सेती नदिको तल्लो तटमा पहिरो गएपछि एक हप्ता पहिले देखि धाँजा फाट्दै बढ्दै जानथालेको पौडेलले बताए । स्थानिय अञ्जित परियार र ऋषि ढकालको घर चर्किएर बस्नै नहुने भएको छ । जसका कारण उनीहरु घर छाडेर नजिकैको छिमेकीको घरमा पुगेका छन् ।

पोखराको सेती नदि किनारमा धाँजा फाँट्यो, २ घर भत्कियो

पोखराको सेती नदि किनारमा धाँजा फाँट्यो, २ घर भत्कियो

स्वास्थ्य समस्याका कारण अस्पतालमा उपचाररतसमेत रहेका अञ्जितको घर चर्किएर पूरै भत्किएको छ । ऋषिको भने चर्किएर बस्न नमिल्ने भएपनि भत्काउन भने बाँकी छ । उनीहरुको घर भन्दा थोरै तलको घरपनि जोखिममा छ तर त्यहाँबाट कहाँ गएर बस्ने टुंगो नहुँदा छाडिसकेका छैनन् । बिस्थापित घर भन्दा केहि तल रहेका थप घरहरुपनि जोखिममा रहेको वडा अध्यक्ष पौडेलले बताए ।

भागवत भाष्कर कमलनयन गौतमले सञ्चालन गरेको गुरुकुल आश्रम सम्म पुगेको उनले बताए । अहिले धाँजा फाटेको ठाउँ पुरुवा ठाउँ भएको बताइएको छ । केहि वर्षअघी जग्गा दलालले त्यो ठाउँलाई पुरेर प्लटिङ गर्दै बेचेका थिए । सेती नदीको डिलमा पर्ने सो क्षेत्रमा पहिले पोखरा महानगरपालिकाले ५० मिटरको मापदण्ड बनाएको थियो ।

तर महेन्द्रपुल, नयाँबजार क्षेत्रमा ५ मिटर मात्र मापदण्ड बनाउने अनि हामीलाईचाहिं किन ५० मिटर बनाएको ? भन्दै स्थानिय डेलिगेसन गएपछि मापदण्ड ३० मिटरमा झारिएपछि त्यहाँ बस्ती निर्माण भएको वडाध्यक्ष पौडेलले बताए ।

TechSansar.com - Technology Navigator website for Nepalese