no comments

राखेप सदस्यमा सम्पन्न श्रेष्ठ मनोनित

पोखरा, १५ साउन / पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका पुर्व अध्यक्ष सम्पन्न श्रेष्ठ राष्ट्रिय खेलकूद परिषद् (राखेप) को सदस्यमा मनोनित भएका छन् । युवा तथा खेलकूदमन्त्री एवं राखेपका अध्यक्ष जगतबहादुर विश्वकर्माले बिहीबार श्रेष्ठ सहित छ जनालाई सदस्य पदमा मनोनित गरेका हुन् ।

राष्ट्रिय खेलकूद विकास ऐन २०७७ को अनुसार राष्ट्रिय खेल संघको सिफारिसमा बाग्लुङ बिउँ–४ स्थायी ठेगाना रहि पोखरामा बस्दै आएको श्रेष्ठलाई मन्त्रालयले मनोनित गरेको हो । समितिमा खेलकूद विज्ञ, खेलकूद प्राविधिक, प्रशिक्षक तथा एन्टी डोपिङ लगायत मध्येबाट सदस्य नियुक्ती गरिएको हो ।

चितवनका रिम रानाभाट, ओखलढुङ्गाका इन्दिरा निरौला, खेल संघको तर्फबाट काठमाडौँका अर्जुन केसी, चितवनका सुवास श्रेष्ठ र परम्परागत साहसिक तथा पर्यटकीय खेल क्षेत्रबाट नुवाकोटका गोविन्द प्रसाद भट्टराईलाई राखेप सदस्यमा मनोनित गरिएको मन्त्रालयलका सूचना अधिकारी यमेन्द्र उपाध्यायले जानकारी दिए ।

TechSansar.com - Technology Navigator website for Nepalese