no comments

कास्कीको रुपा गाउँपालिकामा पहिरो जना एक युवतीको मृत्यु

पोखरा, २३ भदौ / कास्कीको रुपा गाउँपालिका वडा नम्बर ६ रुपाकोटमा पहिरोले पुरिएर एक जना युवतीको ज्यान गएको छ ।

मंगलबार बिहान साढे ४ बजे घरमाथिबाट खसेको पहिरोमा परि रुपा ६ कि २० बर्षीया सृजना बिकको ज्यान गएको कास्कीको प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

गए रातिको अविरल बर्षाका कारण काजी बिकको घरमाथिको ढिस्कोले पुरिएर उनकी छोरी सृजना बिकको ज्यान गएको हो ।
घरमा काजी बिक, उनका भाइ संदिप बिक र छोरी सृजना बिक सुतेका थिए ।

पहिरोमा परी घाइते भएकी सृजनाको अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ ।

TechSansar.com - Technology Navigator website for Nepalese