no comments

रिजनल हस्पिटलले थप सेवा विस्तार गरिने

पोखरा, १७ माघ/ पोखरा महानगरपालिका वडा नं. ५ जिरो किलोमिटर स्थित रिजनल हस्पिटल प्रालिको तेस्रो साधारण सभा सम्पन्न भएको छ । अहिलेसम्म भएका कार्य विवरण तथा भावि योजना सहित शनिबार हस्पिटलको साधारण सभा सम्पन्न भएको हो ।

सभाको उद्घाटन पश्चात हस्पिटलका अध्यक्ष डा. जगत बहादुर खड्काले सेवाग्राहीलाई सुलभ दरमा उत्कृष्ट सेवा प्रवाह गरेकाले हस्पिटलले सेवाग्राहीको मन जितेको बताए ।

हाल ५० शैयाद्वार सेवा दिईरहेको जानकारी दिँदै अध्यक्ष खड्काले अस्पतालको सेवा विस्तार गर्दै ५० शैया थप गरि १ सय शैया बनाउनका लागि आवश्यक प्रक्रिया अगाडी बढार्ईएको जानकारी दिए । साथै सेवाग्राहीबाट लिईने टिकटको मुल्य अझ सुलभ बनाउने तयारी रहेको उनको भनाई छ ।

त्यस्तै हस्पिटलकी मेडिकल डाइरेक्टर डा. तारा गुरुङले छोटो समयमा नै हस्पिटलले सेवाग्राहीको विश्वास जित्न सफल भएको बताईन् । यता हस्पिटलका व्यवस्थापक अर्जुन प्रसाद शर्माले कोरोनाको अवधिमा सेवाग्राहीमा कमी आएको बताए । उनले गत २ वर्षमा हस्पिटलले गरेका उपलब्धिका विषयमा जानकारी दिएका थिए ।

कार्यक्रममा हस्पिटलको कमी कमजोरी छ भने औल्याएर तत्कालै सुधार गर्नुपर्ने वक्ताहरुको जोड थियो । कर्मचारीको मनोवल उच्च राख्न र उनीहरुको कामको सम्मानस्वरुप उत्कृष्ट ४ कर्मचारीलाई उक्त कार्यक्रममा सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा आसरी गुरुङ, सुर्यकुमारी घर्ती, बसुन्धरा गिरी र निता भण्डारी रहेका छन् ।

२०७३ सालमा सेवा विस्तार गरेको हस्पिटलले २०७५ सालदेखि काठमाडौंको बि एण्ड बि हस्पिटलसँग सहकार्य गर्दै आएको छ । स्थापनाकालदेखिनै हस्पिटलले विभिन्न ठाउँमा निशुल्क स्वास्थ्य सिविर पनि गर्दै आएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese