no comments

काँग्रेस कास्की सहसचिव रंगीलाले करिब २ लाख बराबरको न्यानो कपडा वितरण

पोखरा, १७ माघ / नेपाली काँग्रेस कास्कीकी सहसचिव रंगीला पौडेल आचार्यले ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोको लगाउने न्यानो कपडा वितरण गरेकी छन् ।

पोखरा महानगरपालिका वडा २७ अर्चले बाह्रघर आमा समूहमार्फत ज्येष्ठ नागरिक र विपन्न वर्गलाई जाडोमा लगाउने टिसर्ट, पछ्यौरा तथा सिरक वितरण गरेकी हुन् ।

कार्यक्रममा उन्नतशील आमा समूह, शिरोमणि आमा समूह, जनहित आमा समूह, अर्चले बाह्रघर आमा समूहमा आबद्ध ज्येष्ठ नागरिकसहित करिब १ सय जनालाई १ लाख ८० हजार रुपैयाँ बराबरको कपडा वितरण गरेकी हुन् ।

आफ्नो जन्मस्थलो समेत भएको कारण सो क्षेत्रमा रहेका ज्येष्ठ नागरिक तथा विपन्न वर्गको सम्मानमा सो कार्य गरिएको उनले बताइन् ।

कोरोना संक्रमणको बेला समेत काँग्रेस नेतृ आचार्यले स्वास्थ्य सुरक्षाका सामग्री मास्क, सेनिटाइजर समेत वितरण गरेकी थिइन् । यस्तै पोखराको भलामका किसानलाई कोदालो सहयो गरेकी थिइन् ।

कार्यक्रममा काँग्रेस नेतृ शारदा गिरी, तरण दलका नेता जीवन बास्तोला, स्थानीय कृष्णमणि पौडेल, अर्चले बाह्रघर आमा समूहकी अध्यक्ष पार्वती लामिछानेले बोलेका थिए । कार्यक्रम संचालन शान्ति काफ्ले लामिछानेले गरेकी थिइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese