no comments

कास्की पोखरा हस्तकला संघको अध्यक्षमा खड्का चयन

पोखरा, १९ पुष/ कास्की पोखरा हस्तकला संघको अध्यक्षमा रामकली खड्का सर्वसम्मत चयन भएकी छन् । संघको १० औँ साधारणसभा तथा तेस्रो अधिवेशनले अध्यक्ष खड्का सहित ९ जनाको कार्यसमिति गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा सीता गुरूङ, सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएका छन् । सदस्यमा मिम राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मिरा पौडेल चयन भएको छन् ।

संघको सल्लाहकारमा चित्रकार मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन भएका छन् । हस्तकलाका सामानको माग बढी रहेको भन्दै यस क्षेत्रमा सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने पोखरा उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष दिपक श्रेष्ठले बताए ।

‘कार्यक्रममा संघका निवर्तमान अध्यक्ष हिरा भट्टराईले कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीहरूलाई एकीकृत गरि स्थानीय श्रोत साधनको उपयोग गर्ने हेतुले संघको स्थापना गरिएको बताइन् ।

संघको नवनिर्वाचित अध्यक्ष रामकली खड्काले संघको अवधारणामा सम्बन्धित रहेर कार्य गर्नु नै हस्तकलाको आधार रहेको बताइन् ।

TechSansar.com - Technology Navigator website for Nepalese