no comments

पाँचौ पोखरा स्पोर्टस अवार्ड मनोनयनमा परेका तीन वर्ष महिला खेलाडी

पोखरा, १९ चैत/ खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने पाँचौ स्पोर्टस अवार्डमा परेको खेलाडीहरुको मनोनयन सार्वजनिक भइसकेको छ ।

विभिन्न चार विधामा मनोनयन गरिएको खेलाडीहरुको सार्वजनिक भईसकेका छन् ।

२०७८ साल बैशाख २० गते आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ ।

सर्वोत्कृष्ट महिला विधामा अवार्ड प्राप्त गर्नेले २ लाख रुपैयाँ नगद, ट्रफी र दोसल्ला प्राप्त गर्ने छ ।

वर्ष खेलाडी (महिला) तर्फ

जमुना थापा

खेलः साइक्लिङ
जन्मः कास्की, पोखरा ६, बैदाम ।
बाबुआमाःरामबहादुर/हरिमाया थापा ।
शिक्षाः प्लस टु ।
खेल सुरुवातः २०७० देखि
१३ औं सागमा डाउन हिल साइक्लिङतर्फ रजत पदक विजेता ।
गोरखामा आयोजित फस्ट लिगलिग साइक्लिङ म्याराथन (५४ किमी) प्रतियोगिताको समग्रमा नवौं स्थान तथा गण्डकी प्रदेशबाट कास्य पदक ।
२०७७ मा आयाजित प्रथम त्रिपिटक खेलकुद महोत्सवमा रजत पदक विजेता ।

पार्वती गुरुङ

खेलः तेक्वान्दो
जन्म मितिः २०६२ असोज १
बाबुआमाः ओमलाल÷कुमारी गुरुङ
ठेगानाः दूधपोखरी गाउँपालिका ३, बेत्यानी, लमजुङ
हालः काठमाडौं ।
२०७५ देखि नेपाल प्रहरीमा आबद्ध
खेल सुरुवातः ९ वर्षको उमेर हुँदादेखि चितवनबाट ।
शिक्षाः स्नातक प्रथम वर्ष ।
१३ औं सागमा २४–२९वर्ष उमेर समूहमा १ स्वर्ण र १ कास्य पदक विजेता ।
कोरियन एम्बास्डर नेश्नल तेक्वान्दो च्याम्पियनसीप (चौदेखि नवौंसम्म) हरेक पटक गोल्ड मेडल विजेता ।
राखेप च्याम्पियनसीपमा रजत,
प्रथम लुम्बिनी नेश्नल च्याम्पियनसीपमा गोल्ड ।
आठौं राष्ट्रिय खेलकुदको ३ विधामा २ वटामा स्वर्ण र १ मा रजत ।

प्रशंसा क्षेत्री

खेलः तेक्वान्दो
जन्म मितिः २०५१ भदौ २५
बाबुआमाः पिनराज भण्डारी क्षेत्री÷धनमाया भण्डारी क्षेत्री
ठेगानाः स्याङ्जा हरिनास गाउँपालिका–२, चिसापानी ।
खेल सुरुवातः मझेरी तेक्वान्दो डोजाङ पोखराबाट ।
१३ औं सागमा २४–२९वर्ष उमेर समूहमा तेक्वान्दोको पुम्से इभेन्टमा टिम इभेन्टतर्फ स्वर्ण पदक विजेता ।
आठौं राष्ट्रिय खेलकुदमा कास्य पदक विजेता ।
दोस्रो काठमाडौं इन्टरनेशनल गेम्समा स्वर्ण, १२ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीप, इटहरीमा स्वर्ण, प्रथम एभरेन्स्ट नेशनल ओपन गेम्समा रजत ।

TechSansar.com - Technology Navigator website for Nepalese