no comments

पोखरामा सर्वाधीक राशीको फुटसल प्रतियोगिता हुने

पोखरा, १७ फागुन/ राजन ब्रदरहुड र स्पोर्टस् क्यासलको आयोजनामा आगामी चैतमा नेपालकै ठुलो उपाधि राशीको खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ ।

आगामी चैत १० देखि १२ गते सम्म पोखरा महानगरपालिका ४ गणेशटोल स्थित स्पोर्टस् क्यासलमा ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारा सहित ‘प्रथम राजन खुल्ला फुटसल प्रतियोगिता २०७७’ आयोजना गरिने आज (आईतबार) आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

प्रतियोगिता संयोजक राजन गुरुङले फुटबल सँगै फुटसलको विकास पुर्याउने उद्देश्य सहित सो प्रतियोगिता आयोजना गर्न लागको बताए ।

उनले उक्त प्रतियोगिता नेपालकै ठुलो राशीको रहेको बताउदै विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद रु ३ लाख प्रदान गरिने बताए । त्यस्तै उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित १ लाख ५० हजार प्रदान गरिनेछ ।

गुरुङले उक्त प्रतियोगिताबाट सर्बाेत्कृष्ट बन्ने खेलाडीलाई नगद रु २५ हजारबाट पुरस्कृत गरिने बताए । उनका अनुसार विधागत तर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा नेपालका विभिन्न जिल्लाका क्लब सँगै भारतका केही क्लबसँग समेत प्रारम्भिक कुरा भैरहेको जानकारी दिएका थिए ।

उक्त प्रतियोगिताको अवधिमा पोखरा क्षेत्रका पूर्व राष्ट्रिय फुटबल खेलाडी र ए डिभिजनका खेलाडीहरुलाई फुटबलको विकासमा योगदानको कदर गर्दै सम्मान समेत गरिने संयोजक गुरुङले जानकारी दिए ।

त्यस्तै खेल संयोजक आशिष क्षेत्रीले उक्त प्रतियोगितामा नेपालभरबाट दर्ता भएका क्लबहरुले मात्रै दर्ता पाउने बताए । उनले उक्त प्रतियोगितामा टिम दर्ताका लागि १५ हजार निर्धारण समेत गरिएको बताए ।

उनका अनुसार उक्त प्रतियोगिताको क्वाटरफाईनल खेलबाट म्यान अफ द म्याचको आकर्षक ट्रफीद्वारा खेलाडीलाई पुरस्कृत समेत गरिनेछ । सो प्रतियोगितामा देशभरबाट ३० टिम बढिको सहभागिता रहने र करिब १२ लाख खर्च हुने आयोजकले अपेक्षा लिएको छ ।

 

TechSansar.com - Technology Navigator website for Nepalese