no comments

कास्कीमा भोली देखी सार्वजनिक यातायात चल्ने, के के मा रोक ?

पोखरा, २७ भदौ / कास्की जिल्लामा भोली आइतबार भदौं २८ गते देखि सार्वजनिक यातायात संचालन हुने भएको छ । जिल्ला प्रशासन कार्यलयले जारी गरेको पछिल्लो निषेधाज्ञा भदौं २७ अर्थात् आज राति १२ बजेदेखी सकिदैछ ।

सिसिएमसीको शुक्रबारे बसेको बैठकले जिल्लामा स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक यातायात संचालन गर्ने निर्णय गरेको छ ।

सार्वजनिक यातायातमा चढ्ने यात्रुहरुले अनिवार्य मास्क लगाउनु पर्ने र बस सञ्चालकले ढोकामा नै सेनिटाइजरको व्यवस्था गरिनुपर्नेछ ।

यस्तै भौतिक दुरी कायम गरेर बसको एक लहरमा एक जना अर्थात् कुल सिटको आधा भन्दा नबढ्ने गरी यात्रु बस्ने व्यबस्था मिलाउनुपर्ने पर्ने छ । सार्वजनिक यातायात बिहान ६ बजेदेखी साझँ ८ बजे सम्म संचालन गर्न पाइने निर्णय गरेको ।

अझै के केमा रोक ?

बैठकले मानिसहरु भेला हुन, भीडभाड गर्न, जुलुलस निकाल्न, जात्रा, महोत्सव, मेला गर्न तथा धर्म संस्कृती, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने ।

विद्यालय, क्याम्पस, शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्र, सिनेमा हल, फुटसल, व्युटिपार्लर, जिमखाना, स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने ।

स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर नीजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने ।

कास्कीमा भोली देखी सार्वजनिक यातायात चल्ने

कास्कीमा भोली देखी सार्वजनिक यातायात चल्ने

TechSansar.com - Technology Navigator website for Nepalese