no comments

पोखरामा एक पुरुष मृत फेला

पोखरा, १७ साउन / पोखरा महानगरपालिका ३० ढुङ्गेपाटन स्थित डेरा गरी बस्ने एक पुरुष मृत फेला परेका छन् । हालसम्म वतन नखुलेको वर्ष ५० का राजु कुमाल शनिबार मृत फेला परेका हुन् ।

मृत फेला परेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली परेर घटना थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । उनको सवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

त्यसै गरी साउन १६ गते शुक्रबार देखी गोरखामा हराइ रहेकी एक बालिका मृत फेला परेकी छन् । गोरखाको भिमसेन थापा गाउँपालिका ७ अश्राङ बस्ने अशोक तिवारीको ३ बर्षिया छोरी अमिसा तिवारी घर नजिकैको खोलामा मृत फेला परेकी हुन् ।

शनिबार विहान घर भन्दा अन्दाजी १ किलोमिटर पूर्वमा रहेको ज्यापूले खोलामा पानी भित्र डुबी रहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese