no comments

पोखरा – नेपालगञ्ज सिधा हवाई उडान फागुन ७ देखी

पोखरा, ४ फागुन/ पोखरा र नेपालगञ्जलाई जोड्दै सिधा हवाई सेवा सुरु हुने भएको छ । सिता एयर र नाट्टाको संयोजनमा फागुन ७ गते देखी हवाईसेवा शुरु गर्न लागेको हो ।

सिता एयरले नेपालगञ्ज पोखरा नेपालगञ्जको एकतर्फि भाडा ५ हजार रुपैया तोकेको छ । पोखराको पर्यटकी क्षेत्र र नेपालगञ्जको व्यापारीक शहर बिच हवाइसेवाबाट जोड्नलाई नाट्टाले संमन्यवको काम गरी रहेको नाट्टा पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

पोखरा नेपालगञ्जको हवाइमार्गबाट ३१ मिनेटमा पुग्न सकिने बताए । यो हवाइसेवाबाट पोखरा र नेपालगञ्ज दुबै तर्फको पर्यटनमा टेवा पुग्ने बताए ।

त्यसै गरी पोखरा सिमारा हवाइ सेवा चैत १५ बाट हप्तामा ३ दिन हवाई सेवा सञ्चालन गर्न लागेको छ । पोखराबाट सिमरा आइतबार, बुधबार र शुक्रबार नियमित उडान गर्ने सहमती भएको छ ।

४५ सय रुपैयाँ भाडादर तोकिएको हवाई यात्रा ३० मिनेटको हुने छ । यतीले २९ सिटे सानो जहाजबाट सेवा शुरु गर्ने तयारी गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese