no comments

पोखराका ३१ वडामा पुग्यो कोरोना, पोखरामा लकडाउनको तयारी

पोखरा, ३२ साउन / पोखरा मात्रै आइतबार ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कस्की जिल्लामा अहिले सम्म २ सय ३० जनामा कोरोना संक्रमण देखि सकेको छ ।

पोखराका ३३ मध्ये ३१ वटै वडामा बन्ने बासिन्दालाई कोरोना संक्रमण देखिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर २० र २४ नम्बर वडाबाहेक सबै वडामा संक्रमण पुष्टी भएको हो ।

आइतबार पोखरा महानगरपालिकामा बसेको राजनीतिक दलहरुको बैठकमा सबैले लकडाउन गर्न सुझाव दिएका छन् । ‘केही दिन लकडाउन गर्दा नागरिकको स्वास्थ्य सुरक्षा हुन्छ भने राज्यले त्यो गर्नुपर्छ,’ नेकपाका नेता बखान तमुले फेसबुकमा लेखेका छन्, ‘अहिले नै ख्याल गरिएन भने भयावह अवस्था आउन लागेको छ । चार्डबार्ड नजिकिएका छन् । अब अन्तिम उपचार भनेकै पुनः लकडाउन हो ।’

उनले फेसबुकमा लेखेका छन् ।

आज पोखरा महानगरपालिकामा सर्वदलीय बैठक बसि कोरोना (covid 19) को अवस्था, यसको रोकथाम, उपचार र ब्यवस्थापन सम्बन्धी गम्भीर छलफल भयो । हाल कोरोनाको सङ्क्रमणको अवस्था, तत्काल आउदै गरेका चाडहरुमा हुन सक्ने भिड्भाड्लाई मध्यनजर गरि कम्तीमा १ हप्ता र आवस्यकता अनुसार सो भन्दा बढी समय भए पनि सम्बन्धित सबै निकाय सङ्ग समन्वय गरि प्रभावकारी बन्दाबन्दी वा निशेधाज्ञा लगाउन सुझाव दिइयो । घरमै बसौ, कोरोना संक्रमीत हुनबाट आफू बचौ अरुलाई पनि बचाऔ ।

TechSansar.com - Technology Navigator website for Nepalese