no comments

पोखरामा राजावादीहरुको प्रर्दशन

पोखरा, १० मंसिर / धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुन स्र्थापना लगाएतको माग गर्दै पोखरामा बुधबार राजावादीहरुले प्रर्दशन गरेका छन् ।

नेपाली जनता जागौ, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं भन्ने नाराका साथ पोखराको अमरसिंहचोकबाट शुरु भएको मोटरसाईकल र कार ¥यालीले पोखरा बजार परिक्रमा गरी मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

¥यालीलले पोखराको ट्राफिक ब्यवस्था दिन भर अस्तब्यस्त भएको थियो । कोण सभामा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले नेपाली जनतालाई राजतन्त्र नभई मुलुक बाच्दैन भन्ने लागेको बताए ।

उनले गणतन्त्र असफल भएको भन्दै नेपाली जनता सडकमा आएको बताए । ‘स्वाभिमानी नेपाली नागरिकलाई ऋणको दलदलमा फसाएर असान्ति र विखण्डनको वाटो तर्फ सरकारले लागेको आरोप लगाए ।

उनले देशमा भएको भ्रष्टाचार अन्याय, अत्याचार, दमनका बिरुद्ध जनता सडकमा आएको बताए । राजवादीहरुले कार्यक्रमको आयोजना गरेपछि कास्की प्रहरीले पोखराको सुरक्षा व्यवस्था कडा पारेको थियो ।

TechSansar.com - Technology Navigator website for Nepalese