no comments

पोखराको एक होटलमा पुरुष मृत अवस्थामा फेला

पोखरा, ९ माघ / पोखराको सेदीस्थित एक होटलमा पुरुष मृत अवस्थामा फेला परेको छन् ।

पोखरा १८ सेदीफाँट स्थित होटल चारकोलको १०२ नं को कोठामा पोखरा १७ छोरेपाटन निवासी ४३ वर्षीय ईश्वर गुरुङ मृत फेला परेका हुन् ।

बिहीबार राति होटलमा सुतेका उनी शुक्रबार बिहान अबेरसम्म नउठेपछि होटल संचालक गएर हेर्दा कोठामा मृत भेटिएका हुन् ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राजकुमार थिङले जानकारी दिए ।

 

TechSansar.com - Technology Navigator website for Nepalese