no comments

पोखरा अस्पताल नपुक्दै कोरोना संक्रमितको मृत्यु

पोखरा, १२ भदौ / पोखरामा शुक्रबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ उपचार केन्द्रको आइसोलेसन कक्षमा लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारका ५२ वर्षीय पुरुषलाई शुक्रबार उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको हो ।

दिउँसो सवा १२ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । बिहीबार प्रतिष्ठानमै स्वाब दिएर घर फर्किएका उनको आइसोलेसन ल्याउँदै गर्दा मृत्यु भएको हो ।

उनी उपचारका लागि ५ दिनअघि पोखरा आई पोखरा महानगरपालिका १६ स्थित आफन्तकोमा बसेका थिए । मृतक र अर्का एक जनामा कोरोना संक्रमण पुष्टि अस्पताल आउदै गर्दा अस्पतालको गेटमो उनी थलेका थिए । उनी पूर्व भारतीय सैनिक हुन् ।

योसँगै पोखरामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese