no comments

पोखरामा २२ जना सहित गण्डकी प्रदेशमा ४४ जनामा कोरोना संक्रमण

पोखरा, २० भदौ / शनिबार पोखरामा २२ सहित गण्डकी प्रदेशमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।

शनिबार पोखरामा १० जना महिला र १२ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए ।

क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा बागलुङका २ पुरुष, बागलुङ तमाङखोलाका १ महिला, बडिगाडका १ पुरुष, स्याङजा गल्याङका १ जना पुरुष, नवलपुर हुप्सेकोटका ३ महिला, लमजुङ बेसीसहरका १० महिने बालिका, ८ जना महिला र ८ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।

उनीहरु मध्ये पोखरा २ जना पश्चिमाञ्च सामुदायिक अस्पताल पृथ्वीचोकमा कार्यरत दुई जना महिला, पोखरा ५ जना भारतबाट आएका हुने भने पोखरा १६ का ५२ बर्षीय पुरुष डाँफे सहकारी संस्थामा कार्यरत कर्मचारी हुन् ।

त्यसै गरी लमजुङको बेशीसहरका ४ जना लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना भएका विरामी भएको उनले जानकारी दिए ।

अन्य सबै कन्ट्याक्ट टे«सिङबाट पहिचन भएको शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ७ सय ७३ जना निको भएर घर फर्किएका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese