no comments

कोरोनोको जोखिममा पेट्रोल पम्प, स्कुटरमा ३ सय र मोटर साइकटमा ५ सय माथि पेट्रोल भर्न अनुरोध

पोखरा, ३२ साउन /पछिल्लो समय समुदायस्तरमा कोरोना संक्रमण फैलिएसँगै पेट्रोल पम्प पनि जोखिम क्षेत्रमा परेको छ । लकडाउन खुलेर बजार पूर्ववत अवस्थामा फर्किन लाग्न दैनिक सयौं उपभोक्ता जाने पेट्रोल पम्प नै कोरोना संक्रमण फैलिने माध्यम बन्ने त होइन भन्ने सन्त्रास बढेको छ ।

पेट्रोल पम्पहरुमा भीडभाड बढ्न थालेपछि पेट्रोलियम व्यवसायीसमेत झक्किन थालेका छन् । गण्डकी धौलागिरिका पेट्रोलियम व्यवसायीले दैनिक सयौं पुग्ने पेट्रोल पम्पबाट कोरोना संक्रमण फैलिन सक्ने भएकाले भीडभाड नगर्न अनुरोध गरेको छ । एक जनामात्रै कर्मचारीमा कोरोना संक्रमण भए र २/४ दिन त्यसको जानकारी नमिले एकै पटक सयौंमा फैलिन सक्ने भएकाले पेट्रोल पम्प सबैभन्दा बढी जोखिममा रहेको व्यवसायीले बताएका छन् ।

गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसन पोखराले विज्ञप्ति जारी गर्दै उपभोक्ताहरुलाई सचेत रहन र पटक पटक पेट्रोल पम्पमा नआउन अनुरोध गरेको छ । ‘बरु चाहिए जति लैजानुस् । तर पटक पटक गएर पम्पमा भीडभाड नगरिदिनुस्,’ एसोसिएसनका अध्यक्ष राजन गोंगजुले भने, ‘पेट्रोल पम्प सबैभन्दा जोखिम क्षेत्र हो भन्ने बुझेर साबधानीका साथ आउन अनुरोध गर्दछौं ।’

कोरोनोको जोखिममा पेट्रोल पम्प स्कुटरमा ३ सय र मोटर साइकटमा ५ सय माथि पेट्रोल भर्न अनुरोध

कोरोनोको जोखिममा पेट्रोल पम्प
स्कुटरमा ३ सय र मोटर साइकटमा ५ सय माथि पेट्रोल भर्न अनुरोध

पेट्रोल पम्पहरुमा भीडभाड कम गर्न र जोखिम कम गर्न स्कुटरमा न्यूनतम् ३ सय र मोटरसाइकल ५ सय रुपैयाँभन्दा माथि पेट्रोल गर्न एसोसिएसनले विज्ञप्ति जारी गरेर अनुरोध गरेको छ । पटक पटक पेट्रोल पम्प आउने झन्झट र जोखिमबाट जोगिन एसोसिएसनले अनुरोध गरेको हो । ‘लकडाउन खुलेर बजारमा चहलपहल हुन थालेको छ । अर्कोतर्फ समुदायस्तरमा फैलिएको कोरोनाको जोखिम पनि उत्तिकै बढिरहेको छ । पेट्रोल पम्पहरुमा भीडभीड भइरहेको छ,’ अध्यक्ष गोंगजुले भने, ‘पेट्रोल पम्प नआउनुस् भन्न सक्दैनौं । साबधानीपूर्वक र सुरक्षित भएर आउनुस् तर पटक पटक नआउनुस्, चाहिए जति लैजानुस् ।’

पेट्रोल पम्पहरुमा सबैभन्दा बढी मोटरसाइकल तथा स्कुटरको भीड हुने भएकाले पर्याप्त पुग्ने गरी लैजान उपमहासचिव मोहन सुवेदीको सुझाव छ । मोटरसाइकल तथा स्कुटरलाई पटक पटक पेट्रोल पम्प पुगेर जोखिम बढाउनुभन्दा चाहिए जति लगेर उपयोग गर्दा भीडभाड पनि नहुने र सहज पनि हुने उनको भनाइ छ । ‘अत्यावश्यक पदार्थ भएकाले व्यवसायीले चाहेर पनि व्यवसायलाई बन्द गरेर बस्ने छुट छैन । त्योसँगै व्यवसायमा दैनिक हजारौं उपभोक्ताको सम्पर्क रहने हुँदा यो व्यवसाय उच्च जोखिममा रहेको उपभोक्ताहरुले बुझ्नु जरुरी छ,’ सुवेदीले भने, ‘पेट्रोलियम पदार्थको सञ्चय गर्दै थोरैभन्दा थोरै अथवा अति आवश्यकतामा मात्रै पेट्रोल पम्प जाने वातावरण मिलाउनु पर्छ ।’

हातहातै पैसाको कारोबार गर्दा अझ बढी जोखिम बढ्ने भएकाले खुद्रा रकम वा मोबाइल बैंकिङबाट भुक्तानी गर्न एसोसिएसनका सदस्य तथा पश्चिमाञ्चल आयल स्टोर्सका सञ्चालक बाबुराम जमरकट्टेलको आग्रह छ । यसअघि पेट्रोल पम्पका कामदार तथा सञ्चालकको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको भए पनि दिनहुँ सयौं सम्पर्कमा आउने हुँदा आफैं सचेत हुनुको विकल्प नभएको एसोसिएसनका कोषाध्यक्ष नवराज थापाले बताए ।

एसोसिएसनले पेट्रोल पम्पहरुमा मास्क नलगाई गए इन्धन भर्न नपाउने बताएको छ । पम्पहरुमा भीडभाड बढेकाले न्यूनतम दुरी कायम गर्नसमेत समसया परिरहेको व्यवसायीको भनाइ छ । पेट्रोल पम्पहरुमा मास्क नलगाई इन्धन भर्न गए फर्काउने सोसिएसनले बताएको छ । न्यूनतम दुरी कायम गर्न, एउटा सवारी साधनमा एक जनामात्र ईन्धन भर्नका लागि पम्प आउन एसोसिएसनले अनुरोध गरेको छ ।

गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एसोसिएसन पोखरा अन्तर्गत ५८ पेट्रोल पम्प छन् । ६ जिल्लाका यी पेट्रोल पम्पमा अहिले सरदर १ हजार २ जना ईन्धन भर्न पम्प पुग्छन् । कुनै पेट्रोल पम्पको एक जना कर्मचारीलाई पनि कोरोना देखिएर २÷४ दिनमात्रै थाहा लागेन भने पेट्रोल पम्पबाट संक्रमण फैलिन सक्ने भएकाले सचेत रहन र साबधानी नपनाइदिन एसोसिएसनले अनुरोध गरेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese