no comments

पोखरामा थप १७ जनामा कोरोना संक्रमण, प्रहरी र स्वास्थ्यकर्मीमा कोरोना

पोखरा, २९ भदौ / गण्डकी प्रदेशमा सोमबार बिहान थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका १७ जना र बागलुङको बडीगाड २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की पोखरा महानगरपालिकामा ४ जना महिला र १३ जना पुरुष र बडीगाडका २ जना पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

बाग्लुङ जिल्ला, बडीगाड दुबैजना विदेशबाट आई क्वारेन्टाइनमा बसेका हुन् । पोखरा महानगरपालिका ७ जना नेपाल प्रहरीमा कार्यरत हुन् । त्यसै गरी तीन जना भारतबाट र एक जना जापानबाट आई क्वारेन्टाइनमा बसेका हुन् ।

पोखरा महानगरपालिका ८ का २१ बर्षीय महिला पोखरा महानगरपालिका अन्तर्गत कार्यरत स्वास्थ्यकर्मी हुन् । अन्य सबै संक्रमित व्यक्ति कन्ट्याक्ट ट्रेसिङकाबाट पहिचान भएको शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशका थप एक जनाको मृत्यु भएको छ । नवलपुरका मध्यबिन्दु १२ स्थायी ठेगाना भएका ६० बर्षीय पुरुषको मृत्यु भएको छ । पुरुषको लुम्बिनी अस्पताल, रुपन्देहीमा मृत्यु भएको हो ।

निमोनिया र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचार गराईरहेका उनको भदौ २६ गते मृत्यु भएको शर्माले जानकारी दिए । यससंगै गण्डकी प्रदेशमा कोरोनको संक्रमणका कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ । गण्डकी प्रदेशमा अहिले सम्म संक्रमितको सख्या २ हजार ९ सय ९१ पुगेको छ । हालसम्म १ हजार ८ सय ८६ जना निको भइसकेका छन् ।

TechSansar.com - Technology Navigator website for Nepalese