no comments

पोखरामा ६ सहित गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण, संक्रकितको संख्या १३ सय नाघ्यो

पोखरा, ४ असार/आइतबार थप २४ जनामा कोरोना संक्रमित थपिए सगँ गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय नाघेको छ ।

लमजुङ, म्याग्दी कास्कीमा ६/६ जना, पर्वत, बागलुङ र स्याङजामा २/२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा लमजुङका मध्यविन्दु नगरपालिकाका २ जना, बेशींसहर नगरपालिका, राईनाश गाउँपालिका, दूधपोखरी गाउँपालिका र सुन्दरबजार नगरपालिकाका एक/एक जना कोरोना देखिएको बताए । उनीहरु २९ देखि ५८ वर्ष उमेर समूहका छन् ।

कास्कीको पोखरा महानगरमा पनि ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २४ देखि ६७ वर्ष उमेर समूहका रहेको निर्देशनालय निर्देशक डा शर्माले जानकारी दिए । संक्रमित सबै सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा लैजान तयारी भएको उनले बताए ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय २ पुग्दा निको हुने संक्रमितको संख्या ९ सय ३८ पुगेको छ । कुल संक्रमितमध्ये हालसम्म ४ जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese