no comments

पोखरामा बैक र सहकारीमा पस्यो कोरोना, बैंक र सहकारी सिल गर्ने

पोखरा, २७ साउन / पोखरामा दुई सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको अर्को दिन वित्तिय क्षेत्रमा कार्यरत दुई जनामा कोरोना देखिएको छ । पोखरा लेकसाइडमा रहेका एक बैंकका कार्यरत पुरुष र पोखरा ५ मा रहेको सहकारीमा कार्यरत महिलामा कोरोना पुष्टि भएको हो ।

तीन पहिले ज्यारो आएर पछि महिला र उनका ११ बर्षिय छोरा सहित फेवासिटी हस्पिटरमा उपचारमा थिए । ज्यारो आएका कारण उनीहरुको स्वाब लिदा आमा छोरालाई नै कोरोना पुष्टि भएको हो । मंगलबार मात्र पोखरामा चार जना संक्रमित थपिएका छन् ।

सिदार्थ बैँक लेकसाइडमा कार्यरत कर्मचारी स्वाब कलेक्सन पछि पनि सोमबार सम्म बैक गएका थिए । उनी सगँ भेट भएका सबै जनालाई क्वारेन्टिनमा बसेर बैंकको शाखा बन्द गर्न भनेको पोखरा महानगरपालिका स्वास्थ्य शाखाका एक कर्मचारीले जानकारी दिए । त्यसै गरी पोखरा ५ मालेपाटनमा रहेको कन्चन सहकारीका कार्यरत महिलामा कोरोना देखीको हुदाँ सहकारीलाई पनि बन्द गर्ने भनिएको उनले बताए ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ६ सय ३१ जनामा कोरोना संक्रमण भएको छ । ती मध्ये कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ४ सय ७० पुगेको छ भने पाँच जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese