no comments

पोखरामा ३४ जना सहित गण्डकीमा थप ८३ जनामा कोरोना संक्रमण, दुई जनाको मृत्यु

पोखरा, २७ भदौ / गण्डकी प्रदेशमा शनिबार थप ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा भएको परीक्षणमा नलपुरका ४२ जना, कास्की ३४ जना, स्याङजाका ५ जना, गोरखामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्की पोखरा महानगरपालिकामा १९ महिला र १५ जना पुरुष, स्याङजाको वालिङका १ महिला र ४ जना पुरुष, नवलपुरको विनयत्रिवेनी र देवचुलीका १० महिला र ३२ जना पुरुष, गोरखाको आरुघाट १ जना महिलामा कोरोना संक्रमण पुष्टि भएका स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशका संक्रमितको सख्या २ हजार ९ सय ३ पुगेको छ । हालसम्म १ हजार ८ सय ४९ जना निको भइसकेका छन् । शनिबार पोखरामा दुई जनामा कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । पोखराको फिस्टेल अस्पतालमा शुक्रबार निधन भएकी एक महिलाका शनिबार कोरोना पोजेटिभ देखिएको छ ।

पोखरा ५ मालेपाटनकी ४५ बर्षीय महिलाको कोरोनाका कारण निधन भएको निर्देशक शर्माले जानकारी दिए । उनको फिस्टेल अस्पतालमा राति १ बजेर १५ मिनेट जादाँ मृत्यु भएको थियो । उनको दाहसंस्कार शनिबार विहान गरिएको थियो । दाह संस्कारमा करिब २ जना सहभागी भएका थिए । दाहसंस्कारमा सहभागी भएका सांसद देखी व्यवसायीहरु होम क्वारेन्टिनमा बसेका छन् ।

शनिबार नै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रेमा एक जनाको मृत्यु भएको थियो । स्याङजाको पुतलीबजार नगरपालिका वडा नम्बर १ निवासी ८५ बर्षीय पुरुषको विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आर्चायले जानकारी दिए ।

भदौ २४ गते कोभिड १९ संक्रमित भई उपचारका लागि अस्पतालको आईसियुमा भर्ना भएका थिए । यो सगँ गण्डकी प्रदेशमा कोरोनाको संक्रमणले मृत्यु हुनेको संख्या २४ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese