no comments

पोखरामा ६० सहित गण्डकी प्रदेशमा थप ९९ जनामा कोरोना संक्रमण

पोखरा, १७ कात्तिक / गण्डकी प्रदेशमा सोमबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कास्कीको पोखरा महानगरपालिकामा ५९ र अन्नपुर्ण गाउँपालिकामा १ जनाका १ जना गरी ६० जना, गोरखा ३३ जना, लमजुङ २ जना, तनहुँ २ जना, नवलपुर १ र स्याङजाका १ जना गरी ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।

यो सगँ गण्डकी प्रदेशमा ७ हजार ८ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले सम्म ४ हजार ३ सय ३५ जनामाको कोरोना संक्रमण निको भएको छ भने ८० जनाको मृत्यु भएको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese