no comments

पोखरामा कोरोनाले थप ८ जनाको मृत्यु

पोखरा, १९ वैशाख/ पोखरामा पछिल्लो दुई दिनमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत सात जना र एक जना होम आइसोलेसनमा रहेका गरी थप आठ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए ।

पोखरामा ७५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार दिउसो होम आइसोलेशनमा निधन भएको हो । उनलाई बैशाख १६ गते कोरोन पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय संक्रमित महिलाको शनिबार मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहान साढे १० बजे निधन भएको हो । उनलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत जिल्लाको कुश्मा नगरपालिका–५ की ७६ वर्षीय संक्रमित महिलाको हिजो साढे ३ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको अस्ति राति सवा १ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ ।

त्यसैगरी पोखरा महानगरपालिका–१६ की ७३ वर्षीय संक्रमित महिलाको हिजो सवा ४ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ । पोखरा महानगरपालिका–१० की कोरोना संक्रमित महिलाको शनिबार बेलुका साढे ५ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको शर्माले जानकारी दिए ।

त्यसैगरी पोखरा महानगरपालिका–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको छ । गण्डकी प्रदेशमा कोराना संक्रमणका कारण निधन हुनेहरुको संख्या २३१ पुगेको छ ।

TechSansar.com - Technology Navigator website for Nepalese