no comments

पोखरामा मुख्यमन्त्री कप भलिबल प्रतियोगिता शुरु, कास्की पहिलो खेलमा पराजित

पोखरा, ४ फागुन/ पोखरा मंगलबारदेखि मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । मंगलबार भएको पुरुष महिला तर्फ कास्की स्याङजासँग सोझो सेटमा पराजित भएको छ ।

स्याङजाले कास्कीमाथि २५–१९, २५–१८ को सेटमा हरायो । पुरुष तर्फ नै तनहुँले मुस्ताङमाथि सहजै पराजित गर्यो । सोझो सेटमै पराजित गर्ने क्रममा तनहुँले मुस्ताङमाथि २५–१७, २५–९ को सेटले पन्छाएको थियो ।

प्रतियोगितामा महिला तर्फको पहिलो प्रतिस्पर्धामा म्याग्दीले नवलपुरलाई २५–५, २५–१५ को सोझो सेटमा पराजित गरेको छ । यसैगरी स्याङजालाई भने पर्वतले सोझो सेटमा पराजित गर्ने क्रममा २५–१६, २५–२१ मा पराजित गरेको थियो । तनहँुले लमजुङमाथि २५–१४ र २५–६ को सेटमा पराजित गरेको छ ।

लिगकम नकाउटका आधारमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ बाहेक कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, गोरखा, लमजुङ, तनहुँ र नवलपुर सहभागी छन् ।

प्रतियोगिताबाट छनौट भएकालाई नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि खेलाडी छनौट समेत गरीने भलिबल संघ कास्कीका अध्यक्ष भीम पराजुलीले बनाए ।

प्रतियोगिताको बिजेता महिला र पुरुष टोलीले समान २/२ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेता दुबैले नगद १/१ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक कास्की जिल्ला भलिबल संघले जनाएको छ ।

प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने टोलीले नगद ५०/५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीलाई नगद ५/५ हजार तथा उत्कृष्ट ‘सेटर’, ‘डिफेण्डर’, ‘स्पाइकर’ र ‘लिफ्टर’लाईसमेत नगद ५/५ हजारसहित ट्रफी र मेडल प्रदान छ । प्रतियोगिताको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका छन् ।

 

 

TechSansar.com - Technology Navigator website for Nepalese